Aamsanchar

बसपार्कमा सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषधिसहित अंगत प्रक्राउ

Author Image
बुधवार, माघ १६, २०८१

स्याङजा – पुतलीबजार नगरपालिका- १ बसपार्कमा लागुऔषधसहित एकजना पक्राउ परेका छन्। सिद्धार्थ राजमार्ग छेवैमा रहेको बसपार्कमा सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषधिसहित १९ वर्षीय अंगत सेन्चुरी प्रक्राउ परेका हुन्। बुटवलबाट पोखरा तर्फ आउँदै गरेको बा.प्र. ०१–००६ ख. ३७४२ नं.को हाइसमा सवार रूपन्देही सिद्धार्थनगर नगरपालिका का सेन्चुरीको साथबाट निट्राभेट –१० नामक २० पत्ता गरि ३ सय वटा (ट्यावलेट) नियन्त्रित लागुऔषध फेला परेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए।

राजमार्गमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा भेटिएको र उनलाई पक्राउगरि थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ।

 

Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर