Aamsanchar

हावाहुरीले नाम्चेस्थित सीमा प्रशासन कार्यालयसहित निजी घरमा क्षति

Author Image
शुक्रवार, माघ १८, २०८१

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका–५ नाम्चेस्थित सीमा प्रशासन कार्यालयको छानो हावाहुरीले उडाएको छ । बिहीबार तीव्र गतिमा चलेको हावाहुरीले कार्यालयको सिमेन्ट, ढुङ्गा, काठ र टिनको छानो भएको चारतले भवनको छानो उडाएको हो ।

सोही स्थानमा हावाहुरीले एउटा निजी घरको छानोसहित चार घरको सोलार प्यानल उडाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । जसमा नाम्चेका स्थानीय पासाङल्हामु शेर्पाको ढुङ्गा माटोले बनेको दुईतले घरको टिनको छानो उडाएको छ ।

त्यस्तै, लामाकाजी शेर्पाको घरको छानो उडाएको छ भने निमानुरु शेर्पाको पाँच सय वाटको सोलार प्यानल १० थान, दोर्जे लामाको खाङ्ग्री होटल एण्ड लजको पाँच सय वाटको सोलार प्यानल १० थान, आङनुरु शेर्पाको होली डे एण्ड लजको पाँच सय वाटको सोलार प्यानल तीन थान र सोनाम दावा शेर्पाको खुम्बुचे लजको दुई सय वाटको सोलार प्यानल १६ थान उडाएको प्रहरीले जनाएको छ ।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर