Aamsanchar

नेपाल प्रहरीकाे डीएसपी भन्दै ठगी गर्ने पक्राउ

Author Image
शनिवार, माघ १९, २०८१

जनकपुरधाम – धनुषामा आफूलाई नेपाल प्रहरीकाे डीएसपी भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिका-२० बस्ने ३० वर्षीय दिपक भनिने धनिकलाल साह रहेका छन् ।

इलाका प्रहरी कार्यालय ढल्केबरको टोलिले उनलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बाट पक्राउ गरेको प्रहरी निरीक्षक जटशंकर यादवले जानकारी दिए ।

दिपकले डीएसपी भन्दै आफूसँग ५० हजार रुपैयाँ ठगी गरेको भनी धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ का रमेश श्रेष्ठले इलाका प्रहरी कार्यालय ढल्केवरमा दिएको जाहेरीको आधारमा पक्राउ गरेको हो ।

दिपकलाई ठगी कसुरमा धनुषा जिल्ला अदालतबाट म्याद थप लि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

 

Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर