Aamsanchar

उपसभामुख रानालाई समाजसेवा चेतना पुरस्कार

Author Image
शनिवार, माघ २६, २०८१

मोरङ – चेतना संरक्षण प्रतिष्ठान विराटनगरले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत विधामा विभिन्न व्यक्तिलाई पुरस्कार प्रदान गरेको छ।

प्रतिष्ठानको २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरलाई ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार प्रदान गरिएको हो।

उनलाई ५१ हजार राशिको उक्त पुरस्कार एवं सम्मानपत्र प्रतिष्ठानका अध्यक्ष गङ्गा सुवेली, पुरस्कार संस्थापक दीनबन्धु गोयल र प्राडा बाबुराम तिमिसिना प्रदान गरे।

यसैगरी, एक लाख ५१ राशिकोधर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चुडामणि बन्धुलाई प्रदान गरिएको छ। साथै बालकिसनरनर्वदादेवी मुन्दडा सनातन मानवीय धर्मसंस्कृति चेतना पुरस्कार भानुभक्त जोशी ९बझाङ० लाई प्रदान गरिएको छ।

५१ हजार राशिको नरेश सुवेदी पत्रकारिता पुरस्कार पत्रकार कमल पौडेल (मोरङ), भूपेन्द्र शोभा रिजाल ललितकला चेतना पुरस्कार कलाकार सन्तोष पन्त (काठमाडौँ), डा.नरेन्द्र-योगमाया-भवानीशङ्कर चापागाईं युवा प्रतिभा चेतना पुरस्कार युवा प्रतिभा रामजी राम (रौतहट), केदारनाथ-मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार बालप्रतिभा आभाष ढकाल (स्याङ्जा)लाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।

यसैगरी, रु एक लाख एक हजार राशिको जगत्बन्धुरश्रीमती अञ्जु कार्की चेतना पुरस्कार सोमराज कट्टेललाई प्रदान गरिएको छ। सो अवसरमा उपसभामुख मगरले पुरस्कारको रकम झापाका युवाहरूलाई स्वरोजगारमूलक सीप विकाससम्बन्धी तालिम सञ्चालनका लागि प्रदान गर्ने बताइन्।

उनले असहाय बालबालिकाको सेवा एवं संरक्षणले मुलुकमा परिवर्तन ल्याउनाका साथै समृद्धि कायम गर्न सकिने विचार राखिन्।

Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर