Aamsanchar

चोरीका सामानसहित ४ पक्राउ

Author Image
बिहिवार, जेठ ११, २०७४

बिर्तामोड।

इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरीका सामानसहित ४ जनालाई झापाको अर्जुनधाराबाट पक्राउ गरेको छ ।
अर्जुनधारा नगरपालिकाका धनञ्जय साहको तीन लाख १४ हजार ७ सय रुपैयाँ नगद, ११ तोला सुन, ३० तोला चाँदी, चोरी गरेको आरोपमा उजुरी परेपछि चोरीमा संलग्न भएको आशंकामा उनीहरुमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–११का १८ बर्षीय सुरज राई, सोही ठाउँका १६ बर्षका धीरज राई, बिर्तामोड नगरपालिका–५का १७ बर्षीय आशिष राई, सोही ठाउँका १७ बर्षी आकाश ढुंगेललाई चोरीका सामानसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

पक्राउ परेका चारै जनालाई अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर