ताप्लेजुङ,
ताप्लेजुङको पूर्वी सिरीजंघा गाउँपालिकामा वडा नम्बर ७ मा खोलाले बगाउँदा श्रीमानको ज्यान गएको छ । श्रीमत वेपत्ता भएकी छिन् ।
शुक्रबार साविकको सुरुम्खिम गाविस अम्बरटारमा रहेको सिंवा खोलाले बगाउँदा श्रीमान् २२ वर्षका गोपाल तामाङको ज्यान गएको हो । उहाँकी श्रीमती २१ वर्षकी रिना तामाङ हराएको प्रहरी प्रमुख डिएसपी राम बहादुर केशीले बताउनुभयो।
लगातार वर्षा भएका कारण खोलामा बाढि आए पनि दुवै जना खोला तर्न खोज्दा ज्यान गएको तथा हराएको प्रहरी प्रमुख केसीले बताउनुभयो । किराना पसल सञ्चालन गर्दै आएका दम्पतीले पसलको सामान लिएर आम्बेगुदिनको खाम्दिनेबाट घर तर्फ फर्कदै गर्दा खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरी प्रमुख केसीले बताउनुभयो ।
शुक्रबार ठूलो पानी परेको थियो । वर्षापछि बढेको खोलाले उनीहरुलाई बगाएको थियो । गोपालको शव बगाएको दुरी भन्दा झण्डै एक किलोमिटर टाढा फेला परेको बताइएको छ ।