काठमाडौं ।
मुस्लिम धर्मावलम्बीहरुको एक महिने रमजान पर्व आजदेखि सुरु भएको छ ।
तिथीअनुसार शनिबार सुरु हुने भनिएको रमजान चन्द्रमा नदेखिएका कारण आजबाट सुरु भएको हो । मुस्लिम समुदायले एक महिनासम्म दिनभर कठोर ब्रत बसी यो पर्व मनाउने गर्दछन् ।

सूर्य उदाउनु अघि सेहरी खाएर सुरु हुने रोजा अर्थात रमजान सूर्यास्त भइसकेपछि ब्रत फुकाउने गरिन्छ । यस पर्वलाई प्रेम र भाइचाराको सन्देस दिने पर्वको रुपमा पनि लिइन्छ ।
Views: 123

