Aamsanchar

१ सय २४ जना अस्थायी शिक्षकले अवकाश लिए

Author Image
सोमवार, जेठ १५, २०७४

तेह्रथुम।

तेह्रथुमका विभिन्न विद्यालयमा कार्यरत १ सय २४ जना अस्थायी शिक्षकले अवकाश लिएका छन् । उनीहरुलाई गोल्डेन ह्याण्डसेकसहित विदा गर्न शिक्षा कार्यालयले ९ करोड रुपैयाँ खर्चिएको छ ।

कार्यालयले शिक्षा ऐन आठौं संशोधनको व्यवस्था बमोजिम प्रावि, निमावि र मावि तहमा २०७२ असोजभित्र नियुक्ति लिएर कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा वा गोल्डेन ह्याण्डसेकको विकल्पमध्ये एक रोज्न लगाएको थियो ।

सो अनुसार जिल्लाका २ सय ८९ अस्थायी शिक्षकमध्ये १ सय २४ जनाले सुविधासहित अवकाश अर्थात् गोल्डेन ह्याण्डसेक रोजेको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

१ सय ६५ जनाले भने आन्तरिक प्रतिस्पर्धाका लागि परीक्षा आवेदन भरेका छन् । असफल भएका शिक्षकले भने कुनै पनि सुविधा पाउने छैनन् । १ सय २४ जनालाई अवकाश दिँदा ९ करोड रुपैयाँ खर्च भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर