बिर्तामोड।
झापाको बिर्तामोडमा भएको भेलाले भूपाल शिवाकोटीको अध्यक्षतामा झापाली समाज युएई नेपाल सम्पर्क समिति गठन गरेको छ ।
नवगठित समितिको प्रथम उपाध्यक्ष गणेश बुढाथोकी, द्वितीय उपाध्यक्ष माइनसप्लस संग्रौला, सचिव भक्ति पनेरु, कोषाध्यक्ष दीपु खनाल रहेका छन् । त्यस्तै सदस्यहरुमा दुर्गाप्रसाद पाठक, जुलन घिमिरे, सुष्मा खतिवडा, किरण विमली, राजन सिटौला, सन्तोष खतिवडा, भक्ति काफ्ले, भवानीप्रसाद अधिकारी, पदमसुन्दर राई रहेका छन् ।
समितिको अन्य सदस्यपछि चयन गर्ने बताइएको छ । समितिको प्रवक्तामा तुलसीप्रसाद निरौला रहेका छन् । झापाली समाज युएईका महासचिव अशोक चापागाईंको प्रमुख आतिथ्य तथा भुपाल शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा झापाली समाज युएईका संस्थापक अध्यक्ष विकास उप्रेती, द्वितीय उपाध्यक्ष मातृका लम्साल, प्रवक्ता रामप्रसाद ढुंगेल, केन्द्रीय सदस्य भिष्म भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।