

मकवानपुर – जिल्लामा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। हेटौडाबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख। ७७१२ नं। को ट्रकलेआज बिहान सवा ५ बजे सिमपानीस्थित बाटो काट्ने क्रममा मनहरी ८ का ७० वर्षीय गंगा बहादुर स्याङतानलाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएकोे इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ठक्कर दिने ट्रक चालक सर्लाही हरिवनका ४० वर्षीय प्रमोद महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Views: 163


