Aamsanchar

कनकाई–३ का ३० छात्रालाई तीन महिनाको कम्प्युटर तालिम सुरु

Author Image
आइतवार, वैशाख २१, २०८२


कनकाई –कनकाई नगरपालिका वडा नं. ३ का ३० जना छात्राहरूलाई लक्षित गर्दै तीन महिनाको कम्प्युटर तालिम सुरु गरिएको छ। सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजना र वडाको आर्थिक सहयोगमा सुरु भएको तालिम आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।

तालिम कनकाई कम्प्युटर इन्स्टिच्युटमा प्रवेश घिमिरेको प्रशिक्षकत्वमा सञ्चालन हुनेछ। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष युवराज चौलागाईंले सीप सिकेर अवसरको सदुपयोग गर्न आग्रह गर्दै यस्ता तालिमलाई आगामी दिनमा पनि प्राथमिकता दिइने बताए।
कार्यक्रममा अन्य अतिथिहरू—वडा सदस्य गोविन्द सुवेदी, उद्योग वाणिज्य संघका कुमारमणि पोखरेल, रोटरी क्लबका शिवकुमार कडेल, जेसिज अध्यक्ष दिपेन्द्र प्रधान लगायतले तालिमको प्रभावकारी उपयोग गर्न सुझाव दिएका थिए।

संस्थाकी अध्यक्ष पुस्पा भट्टराई कडेलले तालिमको निरन्तरताको लागि सहभागिताको महत्व उल्लेख गर्दै थ्योरी र प्राक्टिकल दुबै सिक्न आग्रह गरिन्। कार्यक्रममा ६० जना भन्दा बढीको उपस्थिति रहेको थियो।

Views: 371

प्रतिक्रिया (०)

सम्बन्धित खबर