Aamsanchar

कटारीमा चट्याङ लागेर १३ वर्षीय बालककाे मृत्यु

Author Image
मङ्गलवार, वैशाख २३, २०८२

उदयपुर – कटारी नगरपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।

कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए।

सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान हुने जानकारी दिएका छन्।

Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर