♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यक्तित्व निर्माण र ज्ञानमूलक क्रियाकलापमा रुचि बढ्ने दिन हो।
प्रतिस्पर्धा बढ्दो छ, त्यसैले अझ मिहिनेत गर्नु उत्तम हुन्छ।
सँगीसाथीसँग रमाइलो हुने, लवमेटसँग अपेक्षा गर्नु उचित।
लेख–रचना वा पुस्तकमा आकर्षण बढ्न सक्छ।

🔹 भाग्यबलः ९५%
🔹 शुभ अंकः ५
🔹 शुभ रङः रातो÷हरियो
🔹 शुभ दिशाः पूर्व
🔹 मन्त्रः ॐ ऐं श्रीं श्रीं बुधाय नमः (कम्तीमा ८ पटक)

♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
घरजग्गा, सम्पत्ति र वाहनसुखको व्यवस्थापनको सोच बन्न सक्छ।
दाम्पत्य जीवन सुखद रहनेछ। बुढाबुढीको भावनाको कदर गर्नुहोला।
उच्च शिक्षा र वैदेशिक अध्ययनको क्षेत्रमा राम्रो परिणाम मिल्नेछ।

🔹 भाग्यबलः ००%
🔹 शुभ अंकः ४
🔹 शुभ रङः सिम्रिक रातो
🔹 शुभ दिशाः उत्तर
🔹 मन्त्रः ॐ नमःभद्रकाल्यै (कम्तीमा ९ पटक)


♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यक्तिगत प्रतिष्ठा र व्यवसायिक सफलताका लागि उत्कृष्ट दिन।
दाजुभाइ वा छरछिमेकसँग सहयोगको भावना बढ्नेछ।
सहकर्मी वा जुनियरसँग विचार–विमर्श हुनसक्छ।
🔹 भाग्यबलः १००%
🔹 शुभ अंकः ३
🔹 शुभ रङः हरियो
🔹 शुभ दिशाः पश्चिम
🔹 मन्त्रः ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः (८ पटक)
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोलिचालीमा प्रभाव बढ्ने, आर्थिक व्यवस्थापनमा सफलता मिल्ने दिन।
आँखा र हाउभाउबाट पनि काम बन्न सक्छ।
पतिपत्नीमा समझदारी देखिनेछ।
🔹 भाग्यबलः ५०%
🔹 शुभ अंकः २
🔹 शुभ रङः सेतो÷उज्यालो
🔹 शुभ दिशाः दक्षिण
🔹 मन्त्रः ॐ सिद्धिलक्ष्म्यै नमः (११ पटक)
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वप्रदर्शन, सफलता र निर्णय कार्यान्वयन गर्ने उत्तम दिन।
नौलो विषयमा जानकारी लिने र फाइल–मुद्दा टुंग्याउने समय हो।
धन–मान दुवैमा बृद्धि सम्भव।
🔹 भाग्यबलः ८५%
🔹 शुभ अंकः १
🔹 शुभ रङः कलेजी
🔹 शुभ दिशाः पूर्व
🔹 मन्त्रः ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः (७ पटक)
♍ कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक पक्ष बाधक बन्ने, साना कुरामा विवाद बढ्नसक्ने दिन।
अलमल, त्रुटि र अनाहकको दोषको सम्भावना देखिन्छ।
तालमेल र पारदर्शिता अत्यन्तै आवश्यक छ।
🔹 भाग्यबलः ००%
🔹 शुभ अंकः ३
🔹 शुभ रङः सेतो
🔹 शुभ दिशाः उत्तर
🔹 मन्त्रः ॐ बुं बुधाय नमः (८ पटक)
♎ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सरकारी काम र बाँकी रकम उठाउन सफल हुने दिन।
दाजुभाइ र माइती पक्षसँग सहयोग आदानप्रदान हुनेछ।
लक्ष्यप्रति केन्द्रित भई काम गरेमा सफलता मिल्नेछ।
🔹 भाग्यबलः ६०%
🔹 शुभ अंकः २
🔹 शुभ रङः सेतो
🔹 शुभ दिशाः पश्चिम
🔹 मन्त्रः ॐ गङ्गाधराय नमः (२१ पटक)
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पसन्दको जिम्मेवारी पाउने, कार्यक्षेत्रमा प्रशंसा बटुल्ने दिन।
बौद्धिक र आध्यात्मिक क्रियाकलापप्रति आकर्षण बढ्नेछ।
प्राविधिक विषयमा चासो र सक्रियता देखिन्छ।
🔹 भाग्यबलः १००%
🔹 शुभ अंकः १
🔹 शुभ रङः हरियो
🔹 शुभ दिशाः दक्षिण
🔹 मन्त्रः ॐ रोहिणीपुत्राय नमः (८ पटक)
♐ धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रेमी वा लवमेटसँग भेटघाट र प्रसन्नता बढ्ने दिन।
सौखिनपन जाग्ने, तर स्वास्थ्य र कर्तव्यमा पनि ध्यान दिनु आवश्यक।
पैसा नै सबैथोक होइन भन्ने कुरा मनमा राख्नुहोला।
🔹 भाग्यबलः ८५%
🔹 शुभ अंकः ९
🔹 शुभ रङः कलेजी
🔹 शुभ दिशाः पूर्व
🔹 मन्त्रः ॐ भास्कराय नमः (७ पटक)
♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक मतभेद र मानसिक थकान बढ्ने समय।
यात्रा वा परीक्षा सम्बन्धी योजनामा गोप्यता राख्नु बुद्धिमानी हुन्छ।
आफन्तको लागि पनि तपाईंको हौसला जरुरी छ।
🔹 भाग्यबलः ००%
🔹 शुभ अंकः ८
🔹 शुभ रङः रातो
🔹 शुभ दिशाः उत्तर
🔹 मन्त्रः ॐ सङ्कटाभगवत्यै नमः (९ पटक)
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक भ्रमण वा भविष्यको यात्राको योजना बन्न सक्छ।
कला, साहित्यमा रुचि बढ्ने, तर अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्ने दिन।
सहज व्यवहारले सफलता ल्याउनेछ।
🔹 भाग्यबलः ४५%
🔹 शुभ अंकः ७
🔹 शुभ रङः रातो
🔹 शुभ दिशाः पश्चिम
🔹 मन्त्रः ॐ राधाकृष्णाभ्यां नमः (११ पटक)
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तालमेल र समझदारीको आवश्यकता, जिद्दीपनाले समस्या आउन सक्छ।
मनोरञ्जनप्रति आकर्षण, तर लगानी र कानुनी विषयमा सचेत रहनुपर्छ।
व्यवस्थापनमा सुधार गर्नु आवश्यक छ।
🔹 भाग्यबलः ६५%
🔹 शुभ अंकः ६
🔹 शुभ रङः रातो
🔹 शुभ दिशाः दक्षिण
🔹 मन्त्रः ॐ देवीद्यौराल्यै नमः (११ पटक)

