Aamsanchar

ओकेटोके हेन्डसेट बोकेर भारततर्फ जाँदै गरेका जाबिर हुसेन पक्राउ

Author Image
बिहिवार, वैशाख २५, २०८२

धरान – प्रहरीले बोक्ने ओकेटोके हेन्डसेट बोकेर भारततर्फ जाँदै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–८ का ३५ वर्षीय जाबिर हुसेन मियाँ रहेका छन्।

 

सुनसरीको कोशी गाउँपालिका–१ भन्सार रोडबाट भारततर्फ जाँदै गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाले मियाको साथबाट ओकेटोके हेन्ड सेट एकथान र प्रदेश १–०२–०४७ प १५४९ नम्बरको मोटरसाइकल बरामद गरेको बताए।

 

यस्तै उनको साथबाट प्रहरी जवान फिदा हुसेन नाम लेखिएको परिचयपत्र र मोहमद सहमद मियाँ नाम लेखिएको मतदाता परिचयपत्र पनि बरामद गरिएको डिएसपी योगराज खतिवडाले बताए ।

उनले पक्राउ परेका मियालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताए।

Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर