Aamsanchar

शिवसताक्षीमा १५ महिनाकी एक शिशु मृत फेला

Author Image
शुक्रवार, वैशाख २६, २०८२

झापा –झापाको शिवसताक्षी नगरपालिका–८ मनहरामा १५ महिनाकी एक शिशु मृत फेला परेकी छन् । स्थानीय लुखिराम टुडुकी १५ महिनाकी छोरी रोशिकाको धान खेतको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

छिमेकी खगेन्द्र खड्काको धान खेतमा जमेको पानीमा उनलाई डुबेको अवस्थामा शव पाइएको थियो । छोरी पानीमा डुबेको देखेपछि आमा कल्पना टुडुले तत्कालै उद्धार गरेपनि उनको पहिल्यै मृत्यु भइसकेको थियो ।

उनी खेतसम्म कसरी पुगिन् र दहमा डुबिन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर