झापा- झापाको भद्रपुर नगरपालिका–४ स्थित बद्रीगाउँको मकैबारी मा एक पुरुषको शव फेला परेको छ।
स्थानीयवासीले आज बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार, शव निलो हाफ पाइन्ट, कालो भेस्ट लगाएको र बाँया हातमा घडी बाँधिएको अवस्थामा उतानो परेको थियो। मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको भए पनि अन्दाजी उमेर ४० वर्ष जति रहेको अनुमान गरिएको छ।
सूचना पाएलगत्तै प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको छ भने आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयबाट थप टोली परिचालन गरिएको जनाइएको छ।

Views: 204


