Aamsanchar

साउदीमा अलपत्र परेका २५० नेपालीलाई औषधि वितरण

Author Image
आइतवार, वैशाख २८, २०८२

साउदी अरब – साउदीमा अलपत्र परेका २५० नेपालीलाई औषधि वितरण गरिएको छ। साउदी अरबको जुबेल सहरमा रहेको सेन्दान इन्टरनेशनल नामक कम्पनी बन्द भएर अलपत्र परेका उनीहरूलाई औषधि वितरण गरिएको हो।

नेपाली जनप्रगतिशील मञ्च साउदी अरबका केन्द्रीय उपाध्यक्ष हरि बहादुर बुढाथोकीको नेतृत्वमा सम्बन्धित कम्पनीको क्याम्प नम्बर १७ मा कार्यरत दुई सय जना र क्याम्प नम्बर २ मा कार्यरत ५० जना नेपाली पीडित श्रमिकहरूलाई औषधि वितरण गरेको हो । जसमा साधारण ज्वरो, रुघाखोकी, सुगर, प्रेस लगायत विभिन्न किसिमका औषधि वितरण गरेको छ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबिया पुगेका ४६९ जना नेपाली अलपत्र परेका छन्। पीडितमध्ये २२६ जनाले स्वदेश फिर्ताको लागि लिखित रूपमा निवेदन दिएका र २४३ जनाले आफूहरू काम पाएमा सम्बन्धित कम्पनीमा लोकल ट्रान्सफरका लागि आह्वान गरेका छन्।

Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर