Aamsanchar

घरमै पुगेर सीडीओले नागरिकताको प्रतिलिपि दिए

Author Image
सोमवार, वैशाख २९, २०८२

फाेटाे : अन्लाईनखबर

हुम्ला – नाम्खा गाउँपालिका-१ ताङगिनका अशक्त ज्येष्ठ नागरिकको घरमै पुगेर हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले नागरिकताको प्रतिलिपि दिएका छन् ।

अशक्त भएका ७० वर्षीय छिङ सुन्डुप तामाङको घरमै पुगेर पाण्डेले नागरिकताको प्रतिलिपि दिएका हुन् ।

तामाङ सदरमुकाम सिमकोट पुग्न सम्भव नभएपछि उनकै घरमा पुगेर नागरिकताको प्रतिलिपि दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

सदरमुकाम सिमकोट आउजाउ गर्न उनलाई सहज दिएन । उनको एक शरीको एक भाग नचल्ने अवस्था छ ।

 

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर