Aamsanchar

सगरमाथामा आरोहणका क्रममा एक जना आरोहीको ज्यान गयाे

Author Image
बिहिवार, जेठ १, २०८२

काठमाण्डौ – सगरमाथामा आरोहणका क्रममा एक जना आरोहीको ज्यान गएको छ । हिजो बेलुका सगरमाथाको चौथो शिविरमा पुगेका फिलिपिन्सका नागरिक ४५ वर्षका पुरुषको राति ज्यान गएको पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार हिजो बेलुका ८ बजेतिर थकित रूपमा चौथो शिविर पुगेका राहदानी नम्बर पी–६११२७८५–ए भएका ४५ वर्षीय फिलिप नागरिक स्यान्टियागोको राति ८ बजेतिर ज्यान गएको हो । उनको शव चौथो शिविरमै रहेको र उद्धारको प्रयास भइरहेको विभागको विज्ञप्तिमा उल्लेख छ ।

Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर