Aamsanchar

ट्राफिक प्रहरीले डिउटीमै रहेका प्रहरी जवानमाथि कुटपिट गरेको घटना अनुसन्धान गर्न समिति गठन

Author Image
बिहिवार, जेठ १, २०८२

काठमाडौं – नागढुंगामा ट्राफिक प्रहरी (इन्स्पेक्टर)ले डिउटीमै रहेका प्रहरी जवानमाथि कुटपिट गरेको घटना अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले रानीपोखरीमै कार्यरत प्रहरी उपरीक्षक एसपी पदमबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना निरीक्षकसहित पाँचजना छन् । समितिलाई छानबिनका लागि एक हप्ताको समयावधि दिइएको छ ।

बुधबार दिउँसो ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख निरीक्षक जितेन्द्रकुमार साहले प्रहरी प्रभाग नागढुंगामै कार्यरत प्रहरी जवान मदन खड्कामाथि कुटपिट गरेका थिए ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि निरीक्षक साहको जिम्मेवारी खोसिएको छ । समितिको छानबिनका आधारमा उनीहरूमाथि विभागीय कारबाही हुने रानीपोखरी प्रहरी कार्यालयले जनाएको छ ।

Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर