Aamsanchar

भोजपुरमा ७० वर्षीय बृद्ध मृत फेला

Author Image
शुक्रवार, जेठ २, २०८२

भाेजपुर – भोजपुरको षडानन्द नगरपालिका–२ लुम्वामा शुक्रबार बिहान एक वृद्ध मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुरको षडानन्द नगरपालिका–२ लुम्वा घर भएका ७० वर्षीय खगेन्द्र राई बारीमा मृत फेला परेका हुन् ।

प्रहरीले राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर पठाएको छ । घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर