Aamsanchar

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जापान प्रस्थान

Author Image
मङ्गलवार, जेठ ७, २०८२

काठमाडौं – परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन्।

टोकियोमा भोलिदेखि सुरु हुने ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्तता सम्बन्धी सम्मेलनमा सहभागी हुन उनी गएराति जापान प्रस्थान गरेकी हुन्।

एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान ९फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल० द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहने छ।

जापानमा रहँदा उनले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनी आगामी शनिबार स्वदेश फर्कने कार्यतालिका छ।

 

 

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर