Aamsanchar

अब काठमाडौैं महानगरको पर्यटन प्रहरी सेल

Author Image
मङ्गलवार, जेठ ६, २०८२

काठमाडौं – काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको छ ।

महानगरले आफ्नो पालिकाभित्रका मूर्त तथा अमूर्त सम्पदा र पर्यटकको सुरक्षा र सहजीकरणका लागि आजदेखि महानगर पर्यटन तथा सम्पदा प्रहरीे सेल गठन गरी परिचालन गरिएको जनाएको हो ।

नगर प्रहरी निरीक्षक एलिजा नेपालको कमान्डमा २२ जना नगर प्रहरी पर्यटन प्रहरी सेल गठन भएको हो । यो सेलले काठमाडौं महानगरभित्र रहेको काठमाडौं दरबार स्क्वायर, स्वयम्भू, बौद्ध, पशुपतिनाथ जस्ता सांस्कृतिक क्षेत्रमा सुरक्षासँगै पर्यटकीय सहजीकरणका काम गर्ने छ ।

यसअघि ललितपुर महानगरपालिकाले पनि पर्यटक प्रहरी गठन गरेको थियो ।

Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर