Aamsanchar

नवनियुक्त गभर्नर डा. पौडेलले गरे यस्तो पहिलो निर्णय

Author Image
बुधवार, जेठ ७, २०८२

काठमाडौं – नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन्। बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएपछि नवनियुक्त गभर्नर पौडेल बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।

 

पदभार ग्रहण गर्दै गभर्नर पौडेलले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोही अनुरूप मौद्रिक नीति तर्जुमा गर्ने बताए। मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि सवैसँग समन्वय गरेरै आफू अघि बढ्ने उनले बताए।

पौडेलले बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा आन्तरिक विषय भएको उल्लेख गरे।

पदभारपछि गभर्नर पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णय गरेका छन्। सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.पौडेललाई नियुक्त गरेको हो। यस अगाडिका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल गत चैत २४ मा सकिएको थियो।

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर