Aamsanchar

गौशालामा आठ वटा सवारी ठोक्किएर दुर्घटना

Author Image
बुधवार, जेठ ७, २०८२

काठमाडौं – काठमाडौं महानगरपालिका-८ गौशालामा आठ वटा सवारी ठोक्किएर दुर्घटना भएको छ । गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा ठोक्किएका छन् । बस, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

दुर्घटना करिब १२ बजेतिर भएको थियो । दुर्घटनामा घाइतेहरूलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको बोहराले बताए ।

दुर्घटनामा बा ५१ प २२ नम्बरको मोटरसाइकलका चालक धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकल पछाडि सवार नुवाकोट टाडी गाँउपालिका–२ का २२ वर्षीय विकाश कट्टेल, प्र९२९०१९००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ५ का ३७ को शैलेन्द्र राई घाइते भएका छन् ।

 

ठोक्किएका सवारीको विवरण

१० बा ५ ख ६७३५ नं को बाबा गोकर्णेश्वर यातायात (चालक फरार रहेको)
२० बा ५ ख ७३१ नं को हायस, (चालक काभ्रे घर हुने बर्ष ३४ को रक्तिम लामा)
३० बा।प्र(०१(०२६ च ८५७६ नं को कार, (चालक सिन्धुपाल्चोक घर हुने बर्ष २७ को राम तामाङ)
४० द्य ब्ऋ ९७७३ नं को कार, (चालक वर्ष ५३ को त्रिरत्न प्रजापती)
५० बा १६ च ४४५२ नं को कार,(चालक काठमाडौं टोखा घर हुने बर्ष ४१ को प्रेम प्रसाद गेलाल)
६० प्र-२-०१-००३ प १००५ नं को मो।सा (चालक काठमाडौं कोटेश्वर बस्ने बर्ष ३७ को शैलेन्द्र राई)
७० बा ५१ प २२ नं को मोटरसाइकल, (चालक काठमाडौं टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ)
८० बा.प्र-०२-०४६ प ४८१९ नं को स्कुटर(चालक भक्तपुर घर हुने बर्ष १९ कि स्मिता ढुङगेल)

 

Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर