Aamsanchar

बसबाट ओर्लीने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु, आमा घाइते

Author Image
बुधवार, जेठ ७, २०८२

गोरखा – गोरखामा बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गइरहेको ग.२.ख.९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका वडा नं-४ फिनामकी ४ वर्षीय सुविना सुखेर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो सवा १ बजे बसबाट ओर्लीने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार घटनामा परेर बालिकाकी आमा २० वर्षीया बिनाता सुर्खेती भने गम्भीर घाइते भएकी छिन् । आमा बिनिताको सुखेर्तीको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको गोरखा नगरपालिका वडा नं ४ को कार्यबहाक अध्यक्ष रोकाले बताए ।

 

Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर