Aamsanchar

वैदेशिक रोजगारीमा पठाइदिने बहानामा ठगी गर्ने चारजना पक्राउ

Author Image
बिहिवार, जेठ ८, २०८२

काठमाडौं – वैदेशिक रोजगारीमा पठाइदिने बहानामा ठगी गर्ने चारजनालाई काठमाडौंका विभिन्न स्थानबाट नेपाल प्रहरीले पक्राउ गरेको छ।

तनहुँ भानु नगरपालिका ८ घर भई काठमाडौंको तारकेश्वर-४ बस्ने विकास गुरुङ र सिन्धुलीको कमलामाई-१२ घर भई काठमाडौं- ३२ बस्ने रञ्जना अधिकारीलाई प्रहरीले भिन्न-भिन्न स्थानबाट पक्राउ गरेको हो। यस्तै ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका( १ घर भई काठमाडौं-३१ बस्ने यादव प्रसाद घिमिरे र कञ्चनपुरको वेदकोट ३ घर भई काठमाडौं ३ बस्ने लोकजन खड्का पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूले जापान, थाइल्याण्ड, क्रोएसिया अजरबैजानजस्ता देशमा पठाउने भन्दै ठगी गरेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म सम्पर्क विहीन भएको उजुरी आएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरू चारैजनालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।

 

 

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर