

बिर्तामोड- निधि माध्यमिक विद्यालय, बिर्तामोडका कक्षा १२ का विद्यार्थीलाई एक विशेष कार्यक्रमका बीच बिदाइ गरिएको छ। बिर्तामोडस्थित विर्ता पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतीमार्फत कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

कार्यक्रमका सभापति विद्यालयका अध्यक्ष रमेश प्रसाईं रहनुभएको थियो भने प्रमुख अतिथि हिसान झापाका अध्यक्ष उत्तम खनाल हुनुहुन्थ्यो। प्रमुख अतिथि खनालले विद्यार्थीहरूको उज्वल भविष्यको शुभकामना व्यक्त गर्दै निधि माविले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको प्रशंसा गर्नुभयो।
कार्यक्रममा अतिथिका रूपमा क्याम्पस प्रमुख रञ्जित कुमार शाह, विद्यालयका प्रिन्सिपल भीष्म प्रसाईं, संस्थापक सदस्य अनिल कुमारसहित विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा स्वागत मन्तव्य शिक्षक सिपि सुवेदीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक सरोज घिमिरेले गर्नुभएको थियो।
विद्यार्थीहरूको बिदाइ समारोहले विदाईको भावनासँगै उनीहरूका क्षमताको झल्को दिने प्रस्तुतीहरू पनि समेटेको थियो।


