Aamsanchar

पूर्वराजाद्वारा परिवारसहित नारायणहिटी परिसरभित्र रहेको नारायणस्थान मन्दिरमा पूजाअर्चना

Author Image
शनिवार, जेठ १०, २०८२

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारसहित नारायणहिटी परिसरभित्र रहेको नारायणस्थान मन्दिरमा पूजाअर्चना गरेका छन् ।

पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार, शनिबार साँझ पूर्वराजा शाह पूर्वरानी कोमल शाह, नाति हृदयन्द्रसहित उक्त मन्दिरमा पुगेका हुन् ।

‘नारायनस्थान मन्दिरमा नारायणको दर्शन गर्न सवारी भएको हो,’ पाठकले  भने ।

उनका अनुसार, उक्त मन्दिरमा सर्वसाधरणका लागि पनि खुला छ । उक्त मन्दिरमा पूर्वराजा शाहको परिवार नियमित दर्शन तथा पूजाआर्चनाका लागि जाने गरेको पाठकले बताए ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर