Aamsanchar

जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरवाट ४ जना पक्राउ

Author Image
आइतवार, जेठ ११, २०८२

प्रतिकात्मक तस्वीर ।

उदयपुर। जबरजस्ती करणी गरेको अभियोग चार जना पक्राउ परेका छन् ।

उदयपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कटारी नगरपालिका–४ गबुवा बस्ने २५ वर्षीय सुजन भन्ने राज कुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नबिन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ रहेका छन् ।

उनीहरूले ती बालिकालाई सोही ठाउँस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सबन्धमा थप अनुसन्धान भइरहेको छ।

Views: 191

प्रतिक्रिया (०)