Aamsanchar

खाना पकाउने क्रममा ग्यासको ‘रेगुलेटर लिक’ भई आगो लाग्दा दाजुबहिनीको मृत्यु

Author Image
सोमवार, जेठ १२, २०८२

प्रतिकात्मक तस्बिर

काठमाडौं : रूपन्देहीको शुद्धोधन गाउँपालिका-५ जयनगरमा ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा जलेर दाजुबहिनीको मृत्यु भएको छ।

आइतबार साँझ घरमा ग्यासमा खाना पकाउने क्रममा ग्यासको ‘रेगुलेटर लिक’ भई आगो लागेपछि २५ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोनमको र्मत्यु भएको प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए।

आगो लाग्दा जलेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि आइतबार बेलुकी नै युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको थियो । बहिनी सोनमलाई त्यहीँ मृत घोषणा गरियो।

प्रहरीका अनुसार थप उपचारका लागि भारतको गोरखपुर लैजाने क्रममा बाटोमै दाजु शिवकुमारको ज्यान गयो।

दुवै जनाको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टले बताए।

 

Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर