Aamsanchar

सार्वजनिक पदमा रहेका ५५ सय कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् : सतर्कता केन्द्र

Author Image
सोमवार, जेठ १२, २०८२

काठमाडौं – राष्ट्रिय सतर्कता केन्द्रले करिब ५ हजार ५ सय जना कर्मचारीहरूले सम्पत्ति विवरण नबुझाएको जनाएको छ । केन्द्रले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरेको प्रतिवेदन अनुसार सार्वजनिक पदमा रहेका ७ लाख ७६ हजार कर्मचारीमध्ये ५ हजार ५ सय जनाले सम्पत्ति विवरण नबुझाएका हुन् ।

अख्तियारले त्यो संख्या शून्य दशमलब ७ प्रतिशत मात्रै रहेको जनाएको छ । भ्रष्टाचार निवरण ऐन अनुसर सम्पत्ति विवरण नबुझाउने कर्मचारीमाथि ५ हजार रुपैयाँ जरिबाना हुन्छ । सम्पत्ति विवरण नबुझाउने कर्मचारीबाट करिब साढे २ करोड रुपैयाँ जरिबाना संकलन हुने देखिन्छ । प्रतिवेदन बुझ्दै अख्तियार दुरुपयोगद अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सम्पत्ति विवरण संकलन प्रक्रियालाई एकीकृत र व्यवस्थित बनाउन निर्देशन दिए ।

केन्द्रले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अख्तियारमा बुझाएको हो ।

Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर