Aamsanchar

सल्यान–दाङ खण्ड अवरुद्ध

Author Image
बुधवार, जेठ १४, २०८२

दाङ – पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । राप्ती राजमार्गको सल्यान–दाङ खण्डअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोर खोलामा झरेको पहिरोले बिहानैदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आज बिहान साढे ४ बजे सडक माथिबाट खसेको पहिरोले सडक पुरिएको छ ।

पहिरो हटाउनका लागि स्काभेटरको सहायतामा काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी केशर न्यौपानेले जानकारी दिनुभयो । बन्द सडक खुलाउन दुई–तीन घण्टा लाग्न सक्ने डीएसपी न्यौपानेले बताउनुभएको छ ।

सडक अवरुद्ध भएसँगै गाडी र यात्रु दुवैतर्फ रोकिएका छन् । साना गाडी वैकल्पिक बाटो कपुरकोट लामिडाँडा तथा कपुरकोट पाखा पानीबाट आउजाउ गरिरहेका छन् ।

 

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर