

डोटी – डोटीमा छतबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जोरायल गाउँपालिका १ गैरा (भड्डी) बस्ने अन्दाजी ३२ वर्षीय दिपक खड्का रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

खड्का मंगलबार राति करिब डेढ बजेतिर जोरायल गाउँपालिका( १ गैरामा भुपेन्द्र घर्ती मगरले सञ्चालन गर्दै आएको लुम्बिनी भान्सा घर एण्ड लजको तीन तलामाथिको छतबाट खसेका थिए ।

प्रहरी सहायक निरीक्षक पदम सिंहका अनु्सार घाइते अवस्थाका उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाएको थियो। बिहान ५ बजेतिर डडेल्धुरा अस्पतालले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको हो। स्थानीयका अनुसार खडकाले मदिरा सेवन गरेको बुझिएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।
Views: 118


