Aamsanchar

वनमा डढेलो लगाउनेकाे सूचना दिने र निभाउने व्यक्तिलाई पुरस्कृत गरिने, वन मन्त्रालयका लागि १८ अर्ब ६१ करोड विनियोजन

Author Image
बिहिवार, जेठ १५, २०८२

काठमाडौं – सरकारले जैविक विविधताको संरक्षण र बन डढेलो रोकथाम तथा नियन्त्रणका लागि समुदायस्तरमा सचेतना अभियान संचालन गर्ने जनाएको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८२ को बजेट सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले डढेलो लगाउने व्यक्तिलाई कानुनको दायरमा ल्याउन सूचना दिने र निभाउने व्यक्तिलाई पुरस्कृत गरिने बताए।

 

त्यसका लागि वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड विनियोजन गरिएको छ।

 

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर