

काठमाडौं : मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने भएको छ। सरकारले मदिरा, बियर, चुरोट र सुर्तीजन्य पदार्थको आयातमा लाग्दै आएको भन्सार करमा वृद्धि गरेसँगै मूल्य पनि बढ्ने भएको हो।


आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मदिरा, बियर, चुरोट र सुर्तीजन्य पदार्थको आयातमा लाग्दै आएको भन्सार करमा वृद्धि गरिएको जानकारी दिए। योसँगै आगामी आर्थिक वर्षदेखि मदिरा र सुर्तीजन्य पदार्थको मूल्य पनि बढ्ने छ।


Views: 270

