Aamsanchar

नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सकुशल उद्धार

Author Image
शुक्रवार, जेठ १६, २०८२

काठमाडौं – चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सकुशल उद्धार गरिएको छ ।

गिट्टी तथा बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेका उनीहरूको सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको नेतृत्वमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरूलाई बोटको सहायताले उद्धार गरेको प्रहरीले जनाएको छ ।

Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर