Aamsanchar

सुनको भाउ आज

Author Image
शुक्रवार, जेठ १७, २०८२

काठमाण्डौ – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । सुनको भाउ आज सात सय रुपैयाँले बढेर तोलामा एक लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको एक लाख ८७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर एक हजार नौ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको एक हजार नौ ९५ रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव भइरहेको छ ।

Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर