Aamsanchar

ईभी कार जाँच गर्दा गाँजा फेला, एक जना पक्राउ

Author Image
आइतवार, जेठ १८, २०८२

महोत्तरी- महोत्तरी प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिवासको प्रहरी टोलीले महोत्तरी बर्दिबास नगरपालिका–११ का ३१ वर्षीय रगलाल स्याङ्तानलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा बर्दिवासको माईस्थानबाट रगलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी विकास बमका अनुसार विशेष सूचनाका आधारमा रगलालले चलाएको बा०१–०३०च ७८०५ नम्बरको ईभी कारलाई जाँच गर्दा लागुऔषध गाँजा फेला परेको हो ।

प्रहरीले कारसहित रगलालमाथि अनुसन्धान जारी राखेको छ । रगलालबाट बरामद भएको गाँजाको परिमाण ४० किलो ४२० ग्राम छ । बर्दिवासकै टोलीले जेठ १४ गतेसमेत स्कारर्पियो गाडीससिहत १ सय ५६ किलो गाँजा बरामद गरेको थियो ।

Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर