Aamsanchar

मेड्रीडमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

Author Image
सोमवार, जेठ २९, २०७४

मेड्रीडमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

 

एनआरएएन मेड्रीडले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल हर्षोल्लासको साथ विभिन्न कार्यक्रम सम्पन्न भएको छ।मेड्रीडकै मुटु मानिने रमणीय पार्क रेतिरो मा भएको उक्त मैत्रीपूर्ण खेलमा मेड्रीडबासिहरुको असंख्य मात्रामा उपस्थिति रहेको थियो।

युवाहरूलाई लक्षितगरि आयोजना गरिएको उक्त फुटबल खेल,मेड्रीडमा बसोबास गर्दै आएका युवाहरू बिच ४ वटा टिम बनाइ खेलाइएको थियो।उक्त खेलको उद्घाटन एनआरएएन अन्तर्राष्ट्रिय समन्वय परिषद स्पेनका सदस्य श्री एकराज गिरीज्यले खेलको उद्घाटन गरेका थिए ।


खेलकुदको माध्यम बाट नेपाली समुदायहरु बीच आपसी भाइचारा तथा आत्मियता वृद्धि गर्ने उद्देश्यका साथ खेलको आयोजना गरिएको एनआरएएन मेड्रीडका अध्यक्ष उत्तर राईले उत्साहित खेलाडी तथा उपस्थित मेड्रीडबासी सम्पुर्ण दाजुभाइ,दिदीबहिनीहरुलाई धन्यवाद दिदैं आगामी दिनहरूमा अझै व्यवस्थित र भब्यताको साथ खेलकुद तथा अन्य कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर