Aamsanchar

हड्तालकाबिच साझा यातायातकाे सेवा

Author Image
सोमवार, जेठ १९, २०८२

फायल फाेटाे

काठमाडौँ – यातायात व्यवसायीको हड्तालकाबिच साझा यातायातले सेवा दिइरहेको जनाएको छ । सोमबार बिहानदेखि सेवा दिइरहेको जनाएको छ ।

एयरपोर्ट–बानेश्वर–रत्नपार्क–नागढुंगा, लगनखेल– नयाँ बसपार्क, लगनखेल– बुढानीलकण्ठ नारायणस्थान, गोदावरी– रत्नपार्कसम्मको रुटमा सेवा दिइएको जनाएको हो ।

यी रुटहरूमा सजिलैसँग यात्रा गर्न सक्ने साझा यातायातले जानकारी दिएको छ । साथै, बसको स्थान तथा सेवा सम्बन्धी विवरण तत्काल थाहा पाउनका लागि यात्रुहरूलाई साझा प्लस मोबाइल एप प्रयोग गर्न आग्रह गरिएको छ।

Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर