Aamsanchar

पुलबाट मोटरसाइकल खस्दा एक जनाकाे ज्यान गयाे

Author Image
मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं – सर्लाहीको बरहथवा नगरपालिका-१७, कटानीमा मंगलबार बिहान नहरको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका-४, का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईले जानकारी दिए। बिहान करिब पौने ३ बजे बरहथवा नगरपालिका-१७ स्थित वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना ४६ प २८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएर तल खसेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पुलबाट खस्दा चालक रायको टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेको थियो। भेनस अस्पताल बरहथवामा प्राथमिक उपचार गरी थप उपचारका लागि एलएस न्यूरो अस्पताल बारा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर