

दाङ – दाङको तुलसीपुरमा साथीको कुटपिटबाट एक जनाको ज्यान गएको छ । रुकुमको बाफिकोट घर भई तुलसीपुर उपमहानगरपालिका–८ दुधेना बस्ने विशाल गिरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

गिरीलाई अस्ति बेलुका उनका साथी यज्ञ वलीले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका विशाललाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो ।
टाउकोमा चोट लागेका गिरीको उपचारका क्रममा गएराति ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सूर्य रानाले जानकारी दिनुभयो ।

कुटपिटमा संलग्न वलीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Views: 91

