Aamsanchar

१८ वर्षीय रनवीर नेपालीको हत्याका अभियुक्त १४ वर्षपछि पक्राउ

Author Image
सोमवार, जेठ २६, २०८२

पाल्पा – माथागढी गाउँपालिका-१ चिदिपानीस्थित दमारका १८ वर्षीय रनवीर नेपालीको हत्याका अभियुक्त पक्राउ परेका छन्। सोही ठाउँका ५७ वर्षीय सन्तबहादुर सार्की पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए।

२०६८ साल कात्तिक ११ गते राति साढे ११ बजे हत्या गरेर फरार भएको उनले बताए। उनीहरू बीच घरायसी विवाद भएको थियो। चक्कु प्रहार गरेर गम्भीर घाइते भएका रनवीरको उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएको थियो।

आरोपित सार्कीलाई रूपन्देहीको सिद्धार्थ नगरपालिका १ बेलहियास्थित बसपार्कबा आइतबार दिउँसो पक्राउ गरेको भट्टराईले बताए। निरन्तरको निगरानीपछि पक्राउ गर्न सफल भएका छौं। उनी भारतको दिल्लीमा लुकिछिपी बस्दै आएका थिए। १४ वर्षपछि उनी नेपाल फर्किएको समयमा विशेष सुराकीको आधारमा पक्राउ गरिएको भट्टराईले बताए। कान्छी श्रीमती र छोराछोरी सहित सबै परिवार भारतको दिल्ली र हरियाणा लुकेर बस्दै आएको बुझिएको छ।

सार्की विरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ। जिल्ला अदालत पाल्पाबाट ६ दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर