Aamsanchar

दुर्गा प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतकाे आदेश

Author Image
शुक्रवार, जेठ ३०, २०८२

काठमाडौं – पुर्पक्षका लागि थुनामा पठाइन लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतले आदेश दिएको छ।

गत चैत १५ मा भएको तीनकुने घटनाबारे थुनछेक बहस सकिएसँगै बिहीबार मध्यराति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले प्रसाईँको क्यान्सर उपचारको व्यवस्था गर्न आदेश गरेका हुन् ।

थुनछेक बहस सम्पन्न ३९ जना मध्ये प्रसाईँसँगै ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ।

 

Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर