Aamsanchar

पेरिस सेन्ट जर्मेनले एट्लेटिको म्याड्रिडलाई हरायाे

Author Image
सोमवार, असार २, २०८२

काठमाण्डौ – फिफा क्लब विश्वकपमा युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले एट्लेटिको म्याड्रिडलाई हराएको छ ।

क्लब विश्वकपअन्तर्गत समूह ‘बी’ को खेलमा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेनले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई ४–० ले पराजित गरेको हो ।

यसअघि आज बिहान सम्पन्न समूह ‘ए’ को खेलमा पोर्चुगलको एफसी पोर्टो र ब्राजिलको पाल्मेरसले गोलरहित बराबरी खेल्दै अङ्क बाँडे ।

यस समूहमा हिजो इन्टर मायमी र अल आहली पनि गोलरहित बराबरी खेलेका थिए । समूह ‘बी’ अन्तर्गत आज ब्राजिलको बोटाफोगो र क्यानडाको सिआटल साउन्डर्सबीच खेल हुँदैछ ।

 

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर