Aamsanchar

झापामा ढुङ्गाले हान्दा एकजनाको मृत्यु

Author Image
शुक्रवार, असार ६, २०८२

झापा । झापामा ढुङ्गाले हानेर एक जनाको हत्या गरिएको छ । 

 कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुङ्गाले हानी हत्या गरेको हुनसक्ने प्रहरीको ठहर छ । हत्या अभियोगमा सोही ठाउँ बस्ने ३७ वर्षीय देवेन्द्र लावतीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

 देवेन्द्रले विवादको क्रममा बिहीबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य बिक्रमको न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । 

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरेको हो ।

Views: 994

प्रतिक्रिया (०)