बिर्तामोड । जंगल तथा बुट्यान क्षेत्रमा पाइने निगुरो नामक जंगली बनस्पति अब केवल परिकारको स्वादमा सीमित छैन। परम्परागत रुपमा अचार र तरकारीको रुपमा प्रयोग हुँदै आएको यो बनस्पति पछिल्लो समय यसको औषधीय गुणका कारण लोकप्रिय बन्दै गएको छ।

सरीसृप प्रजातिको वनस्पति मानिने निगुरो विशेषगरी वसन्त ऋतुमा उम्रन्छ। ग्रामीण भेगमा मानिसहरू वनजंगलबाट ताजा निगुरो संकलन गरी पकाएर खाँदै आएका छन्। तर, हाल आएर वैज्ञानिक अध्ययनले निगुरोलाई स्वास्थ्यका दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको छ।

पोषण विज्ञहरूका अनुसार निगुरोमा प्रशस्त मात्रामा फाइबर, भिटामिन सी, आइरन, क्याल्सियम तथा एन्टिअक्सिडेन्ट तत्वहरू पाइन्छन्। यी तत्वहरूले पाचन प्रणालीलाई सुधार गर्नुका साथै रक्तशुद्धि गर्न, छालाको चमक बढाउन, मधुमेह नियन्त्रण गर्न र शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोग पु¥याउँछन्।




परिकारका रुपमा निगुरोलाई आलु, मासु वा सुकुटीसँग मिसाएर तरकारी बनाउने चलन छ भने, मसला र घिउसहित अचारको रुपमा पनि यसको लोकप्रियता उल्लेखनीय छ।
स्वादमा अलिकति कडुवा लागे पनि यसको स्वास्थ्य फाइदा भने मिठासपूर्ण छन्। विज्ञहरू भन्छन्, “निगुरो केवल बनको झार होइन, यो प्रकृतिको एक अनुपम उपहार हो।”

