Aamsanchar

दुर्गेश थापालाई प्रधानमन्त्रीले दिए बधाई

Author Image
सोमवार, असार ९, २०८२

‘दुश्मन हेरेको हेर्‍यै’ १० करोड पटक हेरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । उनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा गायक दुर्गेश थापाको फोटो पोष्ट गर्दै उनलाई बधाई दिएका हुन् ।

‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत र संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेकोहेर्‍यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई !’ भनेर प्रधानमन्त्रीले लेखेका छन्,

Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर