Aamsanchar

मुसहरी टोलमा श्रीमानले श्रीमतीको हत्या गरे

Author Image
सोमवार, असार ९, २०८२

धरान – सुनसरीको बराहक्षेत्र नगरपालिका -५ मुसहरी टोलमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादपछि ३० वर्षीय वर्षीय सोनिया मुसहरले मादक पदार्थ सेवन गरी २४ वर्षीय ढलिसदाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए ।

सोनियाले श्रीमती ढलिसदालाई कुटपिट गरी हत्या गरेको डीएसपी खतिवडाले बताए । उनलाई पक्रा गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दिवस कुवरले बताए ।

 

Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर